काठमाडौँ – नेपाल सरकारले ७५ वटा स्वास्थ्य बीमा दर्ता सुरु गर्ने भएको छ। स्वास्थ्य विमा बोर्डले राजधानीमा मंगलबार ५ औं बीमा दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी ७५ वटा स्वास्थ्य बीमा सुरु गर्ने तयारी गरेको जनाएको हो।
नागरिकको स्वास्थ्य बीमा सुनिपश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उदेश्य अनुरुपमा सञ्चालनमा आएको बीमा सदस्यता दर्ता कार्यक्रम अब सरकारले थप ६ जिल्लामा पनि विस्तार गर्ने भएको हो ।
कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको अतिथित्यमा काठमाडौँ र ललितपुर जिल्ला बाहेकका बाँकी ६ जिल्ला ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङ्गमा बुधबार एकैसाथ भर्चुअल माध्यमबाट स्वास्थ्य बीमा सदस्यताको शुभारम्भ हुने बताए।
वि.सं. २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ६९ जिल्लामा सुरु भइसकेको छ।, ‘उनले भने।
यसपटक सो दिवसमा ‘स्वास्थ्य विश्वका लागि : समतामुलक स्वास्थ्य सेवा’ भन्ने मूल नाराका साथ स्वास्थ्य दिवस मनाइदैछ। बोर्डले प्रदेश तथा जिल्ला शाखाहरुमा समेत दिपावली, अन्तरक्रिया कार्यक्रम लगायतका विविध गतिविधि गरी दिवस मनाउने तयारी गरेको छ।