२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा थपियो १२ बेडको अत्याधुनिक आईसीयु कक्ष

त्रिवि शिक्षण अस्पतालमा थपियो १२ बेडको अत्याधुनिक आईसीयु कक्ष


काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा १२ वेड अत्याधुनिक आईसीयु कक्ष थपिएको छ । थपिएका आईसीयुको कक्षकोे त्रिविका उपकुलपति प्रा.डा. धर्माकान्त बास्कोटाले मंगलवार उद्घाटन गरेका हुन् ।

छुट्टाछुट्टै क्याविन रहेकोको आईसीयुमा क्याविन भित्रको हावा समेत बाहिर नजाने प्रविधी जडान गरिएको अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले जानकारी दिए । ‘यो अत्याधुनिक आईसीयु हो,’ उनले भने, ‘एउटा क्याविनमा फेरेको स्वास त्यहाँबाट बाहिर जान नसक्ने प्रविधी छ ।’ यस्तो प्रविधिले गर्दा एक जना बिरामीमा भएको संक्रमण अर्को बिरामीमा सर्ने सम्भावना नहुने उनको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालमा यसअघि आईसीयु ए मा ११ बेड संचालन रहँदैं आएका थिए । १२ अत्याधुनिक आईसीयु वेडको कक्ष थपिएसँगै अब २ वटा आईसीयु कक्ष भएका छन् ।

त्यसबाहेक मेडिसिन विभागमा ६ बेड र वाल विभागमा ५ वेड आईसीयु संचालनमा रहेको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए । ‘अब जम्मा ३४ वेड आईसीयु पुगेको छ,’ उनले भने, ‘आईसीयु चाहिने बिरामीका लागि राहत हुन्छ, तथापि त्रिवी अस्पतालमा अझै पुगेको भने छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ