२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजदेखि चिनियाँ खोप २३ वटा खोप केन्द्रबाट लगाइदै

आजदेखि चिनियाँ खोप २३ वटा खोप केन्द्रबाट लगाइदै


काठमाडौँ –कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल आजदेखि २३ वटा खोप केन्द्रबाट लगाइदैछ । उक्त खोप चीनको छात्रवृतिमा अध्धयन गरिरहेका विद्यार्थी, हिमालय पार व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगयातले खोप प्राप्त गर्ने सरकारले जनाएको छ।

यसअघि प्राथमिकतामा परी छुटेकाहरु, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसायी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ र प्राध्यापकहरुलाई समेत खोप दिने सरकारको तयारी छ।

गत साता चीनले नेपाल सरकारलाई अनुदानमा सिनोफार्मको ‘भेरोसेल’ खोपको ८ लाख डोज दिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप वीर अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र , नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायत अस्पतालहरुबाट दिइदैछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ