×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठसमाचारटेकुमा जीन एक्सपर्ट विधिबाट कोभिड-१९को परीक्षण, ३ घण्टामै रिपोर्ट आइपुग्ने

टेकुमा जीन एक्सपर्ट विधिबाट कोभिड-१९को परीक्षण, ३ घण्टामै रिपोर्ट आइपुग्ने


काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन एक्स्पर्ट विधिबाट कोभिडको परीक्षण सुरु भएको छ ।  प्रयोगशालाले बुधबार एक सूचना जारी गरी उक्त सेवा सुरु भैसकेको र बिहान ९ बजे देखि बेलुकी ७ बजेसम्म उपलब्ध रहेको जनाएको हो।

प्रयोगशालाका अनुसार जीन एक्स्पर्टबाट गरिएको परीक्षणबाट रिपोर्ट ३ घण्टाभित्रमा आइपुग्नेछ। यसको शुल्क भने १ हजार रुपैयाँ लाग्नेछ।

यस्तै, यो परीक्षण चिकित्सक तथा अस्पतालको सिफारिसमा तुरन्त उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुको हुने प्रयोगशालाले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)