२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपरराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच खोपबारे टेलिफोन संवाद हुँदै

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच खोपबारे टेलिफोन संवाद हुँदै


काठमाडौं—परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन संवाद हुने भएको छ । नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियासँग किनेको १० लाख डोज खोप आउन ढिलाइ भइरहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच हुन लागेको संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्रोतकाअनुसार मन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच शुक्रबार दिउँसो ३ः३० बजे टेलिफोन कुराकानी हुन लागेको हो । ‘सम्भवतः कोभिड—१९ भ्याक्सिनका विषयमा कुरा हुनेछ,’ स्रोतले भन्यो, ‘नेपालमा अहिले खोपको आवश्यकता छ । भारतीय कम्पनीले नेपाल खरिद गरेको जति खोप पनि दिन सकेको छैन ।’

अहिले भारतमा तीब्र रुपमा कोभिड—१९ फैलिरहेकाले यस विषयमा पनि दुई देशका परराष्ट्रमन्त्रीबीच कुराकानी हुनेछ ।

‘पछिल्लो समय भारत र नेपालमा फैलिएको कोभिडका विषयमा समेत छलफल हुनेछ,’ स्रोतले भन्यो, ‘केही निर्णय समेत हुन सक्ने सम्भावना छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #एस जयशंकर, #कोभिड—१९ भ्याक्सिन, #प्रदीप ज्ञवाली, #भारतीय विदेशमन्त्री


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ