२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त


काठमाडौं—सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोललाई नियुक्त गरेको छ ।

शुक्रबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सर्च कमिटीले एक नम्बरमा प्रा. डा. राजेशनाथ गंगोलको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्रीले एक नम्बरमा सिफारिस भएका प्रा.डा गंगोललाई नै उपकुलपति नियुक्त गरेका हुन् ।

सर्च कमिटीले दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की र तीन नम्बरमा प्रा.डा. अनिलकुमार मिश्रको नाम सिफारिस गरेको थियो ।

नवनियुक्त उपकुलपति डा. गंगोल यसअघि कार्यवाहक उपकुलपति रहेका थिए । त्यसअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर थिए ।

सरकारले यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्रीलाई नियुक्त गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ