२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकीर्तिपुरमा नेफ्रोलोजी, युरोलोजी सुपरस्पेशसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बन्ने

कीर्तिपुरमा नेफ्रोलोजी, युरोलोजी सुपरस्पेशसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बन्ने


काठमाडौं—कीर्तिपुरमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नेफ्रोलोजी र युरोलोजीको सुपरस्पेशसियालिटी केन्द्र बन्ने भएको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना, सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

उनले त्रिविको स्वामित्वमा रहेको परीक्षा नियन्त्रण कार्यलय बल्खुको पश्चिमतर्फ रहेको ज्ञानखेलको ६० रोपनी जग्गा उक्त केन्द्र निर्माणका लागि प्रयोग गर्न त्रिविलाई स्वीकृती दिइएको बताए ।

उक्त जग्गामा राष्ट्रिय रोग निदान केन्द्र समेत निर्माण गर्ने निर्णय सरकारले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको परीक्षा नियन्त्रण कार्यलय बल्खुको पश्चिमतर्फ रहेको ज्ञानखेलको ६० रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नेफ्रोलोजी र युरोलोजीलगायतका अन्य जटिल रोगको अध्ययन, अध्यापन तथा तालिमसहित बिशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेशसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिविलाई प्रयोग गर्न स्वीकृती दिने निर्णय भएको छ,’ प्रवक्ता गुरुङले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ