२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअल नेपाल होमियोप्याथिक एसोसिएसनको अध्यक्षमा डा. खगेन्द्र निर्वाचित

अल नेपाल होमियोप्याथिक एसोसिएसनको अध्यक्षमा डा. खगेन्द्र निर्वाचित


पोखरा—अल नेपाल होमियोप्याथिक एसोसिएसनको १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवाललाई अध्यक्ष चयन गरेको छ । पोखरामा शुक्रबार भएको एसोसिएसनका महाधिवेसनबाट कटुवाल अध्यक्ष चयन भएका हुन् ।

यस्तै, उपाध्यक्षद्वय डा. मीनराज भुषाल र डा. विरोधकुमार महतो, महासचिव डा. रामहरि श्रेष्ठ चयन भएका छन् । सचिवमा डा. सुशीलकुमार कर्ण, डा. शिशिर गिरी र डा. अनुप पन्थी छानिए । कोषाध्यक्ष डा शंकरराज पौडेल, सहसचिव डा. मनोरमा जयसवाल र अब्दुल रहमान मियाँ निर्वाचित भएका छन् ।

सदस्यहरु टोपबहादुर थापा, डा. हिराकाजी श्रेष्ठ, हिराप्रसाद गुप्ता, डा. लालबाबु महतो, डा.अमरेशकुमार पोदार, डा.सुरेन्द्र श्रेष्ठ, भोजकुमारी कुँवर, डा. खकिन्द्रबहादुर भण्डारी, हिरामणि शर्मा, मो अनवर हुसेन चयन भएको कार्यक्रम संयोजक विष्णु चापागाईंले जानकारी दिए । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

देशभरका होमियोप्याथिक औषधी व्यवसायी, चिकित्सक तथा स्वाथ्यकर्मी गरी करिब १२ सयको आबद्धता रहेको चापागाईं बताउँछन् ।

अधिवक्ता सुकदेव गौतमको संयोजक तथा कृष्णबहादुर राउत र सिद्धिकुमारी गुरुङ र सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको थियो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अधिवेशनको उद्घाटन गरेकी थिइन् । उनले होमियोप्याथिक उपचारका सकारात्मक पक्षबारे आम जनतालाई सचेतना आवश्यक भएको भन्दै प्रदेश सरकारले होमियोप्याथिक उपचारलाई स्वास्थ्य सेवाको कार्यक्रममा समावेश गर्न सक्ने सुनाइन् ।

अल नेपाल होमियोप्याथिक एसोसिएसनका अध्यक्ष डा. कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसी, डा. अम्बिकाप्रसाद ज्ञवाली, अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, विना गुरुङ, श्यामनारायण लाल कर्ण, डा. संगीत प्रधान, डा. हरिबाबु दाहाल, तमु प्हेलु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ लगायतले बोलेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ