२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मापदण्ड पालना गरी स्कुल सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनको माग

स्वास्थ्य मापदण्ड पालना गरी स्कुल सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनको माग


काठमाडौँ –  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले स्वास्थ्य मापदण्ड पालना गरी स्कुल सञ्चालन गर्न पाउनुपर्ने सरकारसँग माग गरेको छ।

बालबालिकामा कोरोनाको जोखिम बढ्ने देखिएसँगै केहि समयका लागि विद्यालय बन्द गर्ने भन्ने कुरा उठिरहेको समयमा प्याबशनले पुन बन्द गर्दा विद्यार्थीको पढाईलाई बाधा पर्ने देखिएकोले स्वास्थ्य मापदण्ड पालना गरी स्कुल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको हो।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले सोमबार विज्ञप्ति जारी गरी कोरोनाको अति जोखिमयुक्त स्थानको मात्र विद्यालय गर्नुपर्ने जनाउँदै सबै विद्यालयको पठनपाठन नरोक्न आग्रह गरेको छ।

‘कोरोनालाई जीवनको एउटा हिस्सा स्वीकार्दै कोरोनासंगको संघर्ष गर्दै जनजीवनलाई यथावत बनाउन सहज कदमीतर्फ लाग्नु पर्ने देखिएको छ।,’विज्ञप्तिमा भनिएको छ, ‘ सरकारले कोरोना संक्रमणको न्यूनीकरणको लागि सरकारले तयार पारेको स्वास्थ्य सावधानी उपायहरुलाई हरेक क्षेत्रमा कडीकडाउको साथमा पालना गर्न गराउन स्थानीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायलाई जिम्मेवारी सहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता देखिन्छ।’

यसको साथै प्याब्सनले शिक्षक, विद्यार्थीहरुको लागि चाँडोभन्दा चाँडो कोरोना विरुद्ध खोपको व्यवस्था गराउन सरकारसमक्ष अनुरोध गरेको छ। यसअघि पनि संगठनका सदस्य हरुलाई स्वास्थ्यको मापदण्ड पालनामा काडाइ गरी पठनपाठन संचालन गर्न चैत्र १२ गते आन्तरिकरुपमा परिपत्र समेत जारी गरेको प्याब्शनले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ