२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ४७६ भेन्टिलेटर र ११५८ आईसीयु बेड, कहाँ कति ?

देशभर ४७६ भेन्टिलेटर र ११५८ आईसीयु बेड, कहाँ कति ?


काठमाडौं—नेपालमा कोरोना संक्रमण बढेसँगै गम्भीर कोरोना संक्रमितको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आँकडाअनुसार आइतबारसम्म देशका विभिन्न अस्पतालमा ४७६ भेन्टिलेटर रहेका छन् ।

जसमध्ये विभिन्न प्रदेश अस्पतालमा ४६७ र उपत्यकाका केन्द्रीय अस्पतालमा ११ वटा भेन्टिलेटर रहेका छन् । बागमती प्रदेशमा सबैभन्दा धेरै २५५ भेन्टिलेटरको व्यवस्थापन छ । यस्तै, गण्डकी ६९, प्रदेश १ मा ४०, लुम्बिनीमा ३९ वटा भेन्टिलेटरको व्यवस्था रहेको छ ।

यस्तै, कर्णालीमा २७, सुदूरपश्चिम प्रदेशमा २५ र प्रदेश नं. २ मा २१ वटा भेन्टिलेटर रहेका छन् ।

देशभर आईसीयु बेडसँग १ हजार १ सय ५८ छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५ सय ५६ वटा आईसीयु बेड रहेका छन् । त्यसपछि गण्डकीमा २ सय ३६, लुम्बिनीमा १ सय १७, प्रदेश नं. १ मा ११० वटा आईसीयु बेड रहेका छन् ।

कर्णाली प्रदेशमा ६२ वटा आईसीयु बेड छन् भने प्रदेशमा २ मा ४८ वटा आईसीयु बेड रहेका छन् । सबैभन्दा कम आईसीयु बेड रहेको सुदूरपश्चिम प्रदेशमा २९ वटा आईसीयु बेड रहेको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म देशभरमा कोरोनाका १५ जना गम्भीर बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ८९ जनाको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ