२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ‘युके भेरियन्ट’ तीब्र रुपमा फैलिदैं, संक्रमितमध्ये पोखराका ५० प्रतिशत बालबालिका

नेपालमा ‘युके भेरियन्ट’ तीब्र रुपमा फैलिदैं, संक्रमितमध्ये पोखराका ५० प्रतिशत बालबालिका


काठमाडौं—नेपालमा कोरोनाको ‘युके भेरियन्ट’को संक्रमण तीब्र रुपमा फैलिरहेको पाइएको छ । इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले गरेको रेण्डम अनुसन्धानमा संक्रमितमध्ये अधिकांशमा ‘युके भेरियन्ट’ पहिचान हुने एस जीन पोजेटिभ देखिएको हो ।

इडिसिडीका निर्देशक डा. कृष्ण पौडेलकाअनुसार पोखरामा रेण्डम परीक्षण गरिएका १७६ जनामध्ये १०५ जनामा कोरोनाको युके भेरियन्टको संक्रमण भएको पाइएको छ । उनकाअनुसार पोखरामा १०५ जनाका एस जीन पोजेटिभ पाइएको हो । पोखरामा कोरोना पोजेटिभ देखिएकामध्ये ५० प्रतिशत बालबालिका रहेका छन् ।

यस्तै, काठमाडौंमा ७५ जनाको रेण्डम परीक्षण गर्दा ४८ जनामा कोरोनाको युके भेरियन्ट भनेर चिनिने एस जीन पोजेटिभ पाइएको छ । काठमाडौं उपत्यकामा १० प्रतिशत संक्रमित ११ देखि २० वर्ष उमेरका रहेका छन् । यस्तै १० वर्षमुनिका ६ प्रतिशत बालबालिकामा युके भेरियन्टको संक्रमण देखिएको छ ।

रेण्डम अनुसन्धानमा पछिल्लो एक हप्तामा संक्रमितमध्ये ६० प्रतिशतमा युके भेरियन्ट पाइएको छ । परीक्षण गरिएकामध्ये जम्मा १० प्रतिशतमा मात्रै कोरोना नेगेटिभ पाइएको छ ।

डा. पौडेलकाअनुसार युके भेरियन्टका कारण चाडो जटिलता देखिएको पाइएको छ । ‘युके भेरियन्टका कारण चाडो जटिलता देखिएको छ,’ उनले भने, ‘आईसीयुमा बस्ने समय पनि बढी देखिएको छ ।’

यी सबै रेण्डम नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ