२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन काठमाडौंमा १५९ सहित ५५९ जनालाई कोरोना संक्रमण, १३ जनाको मृत्यु

एकैदिन काठमाडौंमा १५९ सहित ५५९ जनालाई कोरोना संक्रमण, १३ जनाको मृत्यु


काठमाडौं—नेपालमा एकै दिन ५ सय बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत कात्तिक यता यति ठूलो संख्या एकै दिन पोजेटिभ केस देखिएको यो पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा ५५९ जनालाई कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये काठमाडौंमा मात्रै १५९ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । काठमाडौंपछि ललितपुरमा ४४ जना, बाँकेमा ४१, दाङमा २४, रुपन्देहीमा २९, पर्सामा २५, मोरङमा १३, कैलालीमा १४ र बारामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमितको हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार १ सय ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको तथ्यांकमा छ । अहिलेसम्म नेपालमा ३ हजार ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ