२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन काठमाडौंमा १५९ सहित ५५९ जनालाई कोरोना संक्रमण, १३ जनाको मृत्यु

एकैदिन काठमाडौंमा १५९ सहित ५५९ जनालाई कोरोना संक्रमण, १३ जनाको मृत्यु


काठमाडौं—नेपालमा एकै दिन ५ सय बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत कात्तिक यता यति ठूलो संख्या एकै दिन पोजेटिभ केस देखिएको यो पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा ५५९ जनालाई कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये काठमाडौंमा मात्रै १५९ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । काठमाडौंपछि ललितपुरमा ४४ जना, बाँकेमा ४१, दाङमा २४, रुपन्देहीमा २९, पर्सामा २५, मोरङमा १३, कैलालीमा १४ र बारामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमितको हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार १ सय ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको तथ्यांकमा छ । अहिलेसम्म नेपालमा ३ हजार ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ