२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी

प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी


काठमाडौं—कोभिड—१९ को संक्रमण बढेसँगै सरकारले प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड—१९ संक्रमणको जोखिम बढेको भन्दैं सहरका विद्यालयको पठनपाठन अनलाइनका माध्यमबाट गर्ने तयारी भएको बताए ।

‘सहरका विद्यालयहरुको पठनपाठन अनलाइन माध्यमबाट गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।  स्रोतकाअनुसार सरकारले सहरका विद्यालयहरुले एक महिना अनलाइनबाट पठनपाठन गराउने तयारी गरेको छ ।

मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्दा कोभिड—१९ को जोखिम उच्च रहेको भन्दैं सरकारले यस्तो तयारी गरेको जानकारी दिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ