२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमण बढ्दै, एकैपटक थपिए ५१७ जना संक्रमित

नेपालमा कोरोना संक्रमण बढ्दै, एकैपटक थपिए ५१७ जना संक्रमित


काठमाडौं—नेपालमा थप ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत कात्तिक यता यति ठूलो संख्या एकै दिन पोजेटिभ केस देखिएको यो दोस्रोपटक हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमितको हुनेको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५३ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४  जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ३ हजार ५८  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ