२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसार्वजनिक यातायात र हवाइजहाजमा के गर्न पाइन्छ के पाइदैंन ?

सार्वजनिक यातायात र हवाइजहाजमा के गर्न पाइन्छ के पाइदैंन ?


काठमाडौं—सरकारले कोभिड—१९ को संक्रमण बढेसँगै ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको छ । सोमबार विहान बसेको क्याबिनेटको बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर उक्त आदेश जारी गरेको हो ।

आदेशअनुसार सार्वजनिक यातायात र हवाइजहाजमा निम्नलिखित मापदण्डहरु पालना गर्नुपर्नेछ ।

सार्वजनिक यातायात

—क्षमताभन्दा बढी यात्रु नराख्ने ।
—सबै यात्रुलाई मास्क अनिवार्य गर्ने ।
—सवारी साधनको ढोका र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने ।
—चालक र सहचालकले मास्क लगाउनुपर्ने ।
—सवारी साधन दैनिक रुपमा डिसइन्फेक्सन गर्नुपर्ने
—सार्वजनिक यात्रायातमा कुनै यात्रुले मास्क नलगाएमा चालक र सह चालकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने ।
—मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
—लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यातायात नचढाउने । सुरुदेखि गन्तब्यमा पुग्नुपर्ने यात्रु मात्र चढाउने । यात्रुको विवरण जिल्लास्थित डिसीसीएमसीलाई उपलब्ध गराउने ।

हवाइ उडान सम्बन्धमा
—चालक दल तथा सबै यात्रुहरु मास्क तथा स्यानिटाइजर अनिवार्य गर्ने ।
—हवाइजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने ।
—उडानपछि हवाइ जहाज र लगेजलाई निसंक्रमित गर्ने ।
—चेकिङ, प्रतीक्षालय, बोर्डिङ ब्यागेजलगायतका स्थानमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागु गर्ने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ