२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुख्य सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द, २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने

मुख्य सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द, २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने


काठमाडौं—सरकारले कोभिड—१९ को संक्रमण बढेसँगै रोकथाम आदेश जारी गरेको छ । सोमबार विहान बसेको क्याबिनेटको बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर उक्त आदेश जारी गरेको हो ।

मुख्य सहरका स्कुल र बढी भिडभाड हुने स्थानहरुमा निम्न मापदण्ड लागु गर्नुपर्नेछ ।

—काठमाडौं, भक्तपुर, ललितपुर सबै नगर र महागनर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी उपमहागर, मेचीनगर, बिर्तामोड, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भिमदत्त नगरपालिकामा रहेको शैक्षिक संस्था, विद्यालय, कलेज, टयुसन सेन्टर, तालिम केन्द्र बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक विधिबाट स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने ।

—सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटबल, आसमभा, जुलुस समारोह, हाटबजार, दर्शकसहितको रंगशाला, जुलुस प्रदर्शन, पार्टी प्यालेस बैशाख मसान्तसम्म बन्द रहने ।

—मठ, मन्दिर, गुम्दा, मस्जिदलगायतका धार्मिकस्थल जनस्वास्थ्यका मापदण्ड पूरा गरी नित्य पुजा, ध्यान र प्रार्थनामात्र गर्ने गराउने ।

—एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने । कुनै सामान अनावश्यक नछुने, दुई व्यक्तिबीचको दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक—पटक साबुन पानीले हात धुने वा स्यानिटाइज गर्ने गरी सपिङ मल, डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने । जनस्वास्थ्य सम्बन्धित मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित मात्र सञ्चालन गर्ने

— विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यलयको पूर्व स्वीकृती लिएर २५ जनाभन्दा बढी नबढ्ने गरी गर्ने ।

—सभा, सम्मेलन, सेमिनार, सभा, गोष्ठी, समीक्षा, तालिम, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअलमाध्यमबाट गर्ने । भौतिक उपस्थिती भएर गर्नैपर्ने बाध्यता भएमा बढीमा २५ जना मात्रै सहभागी हुने गरी जनस्वास्थ्य मापदण्ड पालना गरी गर्ने । तर, सुरक्षा निकाय र आन्तरिक तालिमको हकमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने व्यवस्था गरी सञ्चालन गर्ने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ