काठमाडौं—सरकारले कोभिड—१९ को संक्रमण बढेसँगै ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको छ । सोमबार विहान बसेको क्याबिनेटको बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर उक्त आदेश जारी गरेको हो ।
उक्त आदेशअनुसार कार्यलय र बैंकहरुले निम्न मापदण्ड पालना गर्नुपर्नेछ ।
—कार्यलय र पसलजस्ता ठाउँमा स्यानिटाइज र मास्कको अनिवार्य प्रयोग गर्ने । कुनै व्यक्तिले मास्क नलगाएर आएमा व्यवस्थापकले १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई कार्यलय प्रवेश गर्न नदिने ।
— नेपाल राष्ट्र बैंकले सबै बैक तथा वित्तिय संस्थाहरुमा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागु गर्न सहजीकरण गर्ने, एकमुष्ट रकम तिर्न चाहनेलाई त्यसअनुसारको व्यवस्था गर्ने ।
—नियमित रुपमा सञ्चालन हुनुपर्ने सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने ।