२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार भारत भ्रमणबाट फर्किए उनीहरुमा कोरोना परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको  निर्मल निवास स्रोतले जनाएको हो ।

भारतको उत्तराखण्ड राज्यको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएकाहरुमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएको थियो । जसमा पूर्वराजा र रानी कोमल शाह पनि सहभागी थिए।

पूर्व राजपरिवारका सदस्यहरु कुम्भमेलामा जानुअघि पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो भने नेपाल फर्कीसकेपछि पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ