२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् कोरोना खोपको दोस्रो डोजका सम्भावित साइड इफेक्ट

यी हुन् कोरोना खोपको दोस्रो डोजका सम्भावित साइड इफेक्ट


नेपाल लगायत विश्वका कयौं देशहरुमा कोरोना-१९ विरुद्ध खोप अभियान चलिरहेको छ। अहिलेसम्म करोडौं मानिसले कोरोना भ्याक्सिन लगाइसकेका छन् र वृहतस्तरमा कोरोना-१९ खोप लगाएको व्यक्तिहरुमा सामान्य साइड इफेक्ट पनि देखिएको छ।

नेपालमा मंगलबारबाट पहिलो डोज लिनेहरुलाई दोस्रो डोज दिन सुरु गरेको छ। पहिलो डोज लिनेहरुमा हल्का ज्वरो, कमजोरी, टाउको दुख्ने जस्तो लक्षण देखिएको थियो। त्यस्तै, दोस्रो डोज लिनेहरुमा पनि केहि साइडइफेक्ट्स देखिने विभन्न अध्ययनले देखाएको छ।

अध्ययनअनुसार पहिलो डोज लिएपछि हल्का साइड-इफेक्ट हुने देखिएको थियो भने दोस्रो डोज लिंदा बिरामी जस्तो महसुस हुने सम्भावना हुन्छ।

दोस्रो डोजको साइड इफेक्ट पहिलो डोजको भन्दा बढी हुने

सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले उल्लेख गरे अनुसार कोरोना भ्याक्सिनको दोस्रो डोजको असर पहिलो डोजको भन्दा बढी तीव्र हुनसक्छ।

कोरोनाको दोस्रो डोज खोपलाई प्रभावकारी गर्नको लागि आवश्यक रहेको विज्ञहरुको भनाई छ। कोभिड भ्याक्सिनको पहिलो डोजले शरीरमा एन्टीबडी पैदा गर्छ र सुरक्षाका निर्माण गर्न सुरु गर्छ। भने, दोस्रो डोजले पैदा भएको सुरक्षालाई बलियो बनाउनेतर्फ काम गर्छ। यसकारण यसको साइडइफेक्ट पनि ज्यादा हुने देखिन्छ।

पहिलो डोजले तपाईको शरीरलाई भाइरसमा प्रतिक्रियाको लागि तयार गर्छ र दोस्रो डोजले प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर एन्टीबडी र स्पाइक प्रोटीनको मेमोरीलाई बनाउँछ। दोस्रो डोज शरीरमा प्रवेश गर्ने वित्तिकै कोषिकाहरुले यसलाई पहिचान गर्ने र अझै बलियो प्रतिक्रिया बनाउन सुरु गर्छ ।

दोस्रो डोज पछि देखिने सम्भावित साइड इफेक्ट

  • तेज ज्वरो,
  •  थकान,
  • अस्वस्थता ,
  • कमजोरी,
  • वान्ता हुने,
  • टाउँको दुख्ने,
  • जाडो महसुस हुने,
  • र, एलर्जिक रिएक्शन भने कुनै पनि व्यक्तिलाई पहिलो वा दोस्रो डोज लिंदा पनि हुनसक्छ।

साइड इफेक्ट नदेखिनु नराम्रो होइन

साइड इफेक्ट नदेखिएमा खोपले काम गर्छ वा गर्दैन भन्ने प्रश्न जनमानसमा देखिन्छ। कयौं मानिसमा पहिलो डोज लिएको समयमा साइड-इफेक्ट महसुस गर्दैनन्। र दोस्रो डोजमा महसुस गर्छन। तर यस्तो हुँदा डराउनु नपर्ने विज्ञहरु बताउछन। यसको अर्थ तपाईको प्रतिरक्षा प्रणालीको प्रतिक्रिया सामान्य छ। क्लीनिकल स्टडीजमा दोस्रो डोजपछी प्रभाव देखिने देखिएको छ। साइड-इफेक्ट बढी देखिनुको अर्थ यो पनि हुनसक्छ कि कोषिकाहरु तपाईको रक्षाको लागि अत्यधिक एन्टीबडी तयार गरिरहेको छ।

कस्ता व्यक्तिमा बढी देखिन्छ साइड इफेक्ट ?

अहिलेसम्म देखिएको अभियानको परिणाम अनुसार युवावर्गमा यसको साइड-इफेक्ट बढी अनुभव भएको देखिन्छ। यसकी साथै मेडिकल मेडिकल हिस्ट्री, तपाई कुन भ्याक्सिन लिनु हुँदै छ र तपाईमा रहेको प्रतिरक्षा तन्त्र पनि शरीरमा हुने दुष्प्रभावले फरक किसिमको महसुस हुनसक्छ।

यसको असर कहिलेसम्म ?

अन्तर्राष्ट्रिय खोप अभियानमा भएको अध्ययनले अहिले सम्म आएको परिणाम अनुसार खोप लगाएको एक वा दुई दिनसम्म यसको असर रहन्छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ