२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोरोना कहरः १७३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

कोरोना कहरः १७३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडाैंमात्रै ५ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ६२६ जना महिला र पुरुष १०४१ जना रहेका छन् । यससँगै नेपालमा कोभिड—१९ बाट अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा २ लाख ७५ हजार ८०६ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा रिपोर्ट भएकामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भने ३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ