२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना कहरः १७३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

कोरोना कहरः १७३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडाैंमात्रै ५ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ६२६ जना महिला र पुरुष १०४१ जना रहेका छन् । यससँगै नेपालमा कोभिड—१९ बाट अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा २ लाख ७५ हजार ८०६ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा रिपोर्ट भएकामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भने ३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ