२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगण्डकीमा कोरोनाबाट थप २ को मृत्यु, एकैदिन १४२ मा संक्रमण पुष्टि

गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु, एकैदिन १४२ मा संक्रमण पुष्टि


पोखरा—गण्डकी प्रदेशमा एकै दिन १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणबाट १ सय १८ जनामा कोरोना पुष्टि भएको हो भने लाइफ केयर एन्ड डायग्नोस्टिकमा गरिएको परीक्षणबाट २४ जनामा पुष्टि भएको हो ।

संक्रमितमध्ये गोरखामा १, तनहुँमा ४, पर्वतमा ३ र स्याङ्जामा ६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, बागलुङमा ५० र कास्कीमा ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिकाका—५४ वर्षीय महिलाको पोखरास्थित चरक अस्पतालमा निधन भएको छ । यस्तै, पोखरा—३३ का ८४ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पतालमा निधन भएको छ । उनीहरु दुवैमा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा कोरोना नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ५० बेडभन्दा बढी क्षमता भएका अस्तालहरुसँगको समन्वयात्मक छलफल गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ