२०७८ असार ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वीरगञ्जमा थप एक महिलाको कोरोनाबाट मृत्यु

वीरगञ्जमा थप एक महिलाको कोरोनाबाट मृत्यु


धनुषा – वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिला मृत्यु भएको हो । वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले बताए ।

उनमा वैशाख ३ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाइफ्लो अक्सिजन दिएर समेत उनलाई बचाउन नसकिएको संयोजक दासले बताए । ती महिला वीरगञ्ज नर्सिङ कलेजमा भान्छेको रुपमा कार्यरत थिइन् ।

कलेजका प्रशासकीय अधिकृत सुरेन्द्र ओझाका अनुसार वैशाख ३ गते तीन जना भान्सेमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई होम आइसोलेसनमा राखिएको थियो । वीरगञ्ज नर्सिङ कलेजका २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नारायणी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये २९ जनालाई अक्सिजन दिएर राख्नुपरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)