२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित, ११ जिल्ला अति प्रभावित

४ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित, ११ जिल्ला अति प्रभावित


काठमाडौं—काठमाडौंसहितका ४ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नै ५ सयमाथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबारसम्म काठमाडौं, ललितपुर, बाँके र रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि पुगेको हो ।

नेपालमा पनि तीब्र रुपमा फैलिइरहेको कोभिड—१९ को नयाँ भेरियन्टका कारण सबैजसो जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् । ५ सयमाथि सक्रिय संक्रमित भएका ४ सहित नेपालका ११ वटा जिल्ला अति प्रभावित जिल्लामा परेका छन् । अति प्रभावित जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या नै २ सय बढी रहेको छ ।

स्वास्थ्य मन्त्रालयले २ सय बढी सक्रिय केस भएका जिल्लालाई अति प्रभावित जिल्लामा राखेको छ । यस्ता जिल्लाहरुमा कैलाली, बाँके, दाङ, रुपन्देही, चितवन, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर र मोरङ रहेका छन् ।

अति प्रभावित रहेको काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ५७, ललितपुरमा ९०५, रुपन्देहीमा ६९७ र बाँकेमा १३६१ सक्रिय संक्रमितको संख्या पुगेको छ । यस्तै अति प्रभावित जिल्लाका रुपमा रहेका कैलालीमा २९९, दाङमा २८२, कास्कीका ४५५, चितवनमा २७०, पर्सामा ४९४, भक्तपुरमा ३८८ र मोरङमा ३७२ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ