२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाका ९४० सहित २५५९ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौं उपत्यकाका ९४० सहित २५५९ जनामा कोरोना संक्रमित पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ९४० सहित २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ६४ नमुना परीक्षण गरिएका २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी काठमाडौंमा ७६० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरमा १०६ जना र भक्तपुरमा ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो आँकडाले राजधानी समेत रहेको काठमाडौं उपत्यका कोरोना संक्रमण उच्च जोखिममा देखिएको छ ।

यस्तै, काठमाडौंपछि सबैभन्दा संक्रमण लुम्बिनी प्रदेशका २ जिल्लामा देखिएको छ । लुम्बिनी प्रदेशको बाँकेमा ३५४ जना र रुपन्देहीमा २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २५५९ जना नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा छ ।

पछिल्लो २४ घण्टामा रिपोर्ट भएका कोरोना संक्रमित मृतकको संख्या ५ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमित १ जना रहेको मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ