२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१३ जिल्ला रेड जोनमा, कुन जिल्लामा कति सक्रिय संक्रमित ?

१३ जिल्ला रेड जोनमा, कुन जिल्लामा कति सक्रिय संक्रमित ?


काठमाडौं—नेपालमा कोभिड—१९ संक्रमणको दोस्रो लहर सुरु भएको छ । शुक्रबारसम्म देशका १३ वटा जिल्ला कोरोना संक्रमणको अति प्रभावित जिल्लामा परेका छन् ।

अति प्रभावित भएर रेड जोनमा परेका १३ जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, रुपन्देही, कास्की, चितवन, पर्सा र मोरङ रहेका छन् ।

जसमध्ये काठमाडौं, ललितपुर, पर्सा, बाँके र रुपन्देही ५ जिल्लामा सक्रिय संक्रमितको संख्या नै ५ सय बढी पुगेको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ७८ छ । यस्तै, ललितपुरमा ९८०, पर्सामा ५३६, बाँकेका १ हजार ६८३ र रुपन्देहीमा ८९५ छ ।

यस्तै रेड जोनमा परेका अन्य जिल्लाहरुमध्ये भक्तपुरमा ४५५, कैलालीमा ३६०, बर्दियामा २१२, सुर्खेतमा २४०, दाङमा ३४२, कास्कीमा ४९९, चितवनमा २९० र मोरङमा ४३४ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा १७ वटा जिल्ला सक्रिय संक्रमितको संख्या ५० भन्दा बढी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ