२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा उत्तीर्ण गरेमात्र लाइसेन्स दिने

स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा उत्तीर्ण गरेमात्र लाइसेन्स दिने


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ । १० बैशाखमा बसेको व्यवसायी परिषद्को बैठकले १९ असारमा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि व्यवसायी परिषद्ले शैक्षिक प्रमाणपत्रमा आधारमा दिदैं आएको लाइसेन्स अब परीक्षा उत्तीर्ण गरेपछि मात्रै दिनेछ । परिषद्का रजिष्ट्रार पुष्पराज खनालकाअनुसार १९ असार २०७८ मा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन हुनेछ ।

त्यसका लागि परिषदले शुक्रबार एक सुचना प्रकाशित गर्दै १० बैशाख राति १२ बजेसम्म अनलाइनबाट आवेदन दिनेहरुले यसअघिकै प्रणालीबाट लाइसेन्स पाउने उल्लेख गरेको छ ।

१२ बजेपछि आवेदन दिएकाहरुले भने १९ असार २०७८ मा सञ्चालन हुने लाइसेन्स परीक्षा पास गरेपछि मात्रै लाइसेन्स पाउनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ