२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित

काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित


काठमाडौं—काठमाडौं उपत्यकामा ८ सय ७२ सहित २ हजार ६ सय १९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६८ नमुना परीक्षण गरिएका २ हजार ६ सय १९  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी काठमाडौंमा ६ सय ४४  जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरमा १४१ जना र भक्तपुरमा ८७  जनामा संक्रमण पुष्टि भएको छ । यो आँकडाले राजधानी समेत रहेको काठमाडौं उपत्यका कोरोना संक्रमण उच्च जोखिममा देखिएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जना नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३  पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)