२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाँकेमा चार र कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा चार र कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु


धनगढी—कैलालीमा एक जना र बाँकेमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा २ जना, भेरी अस्पताल ल्याउँदैं गर्दा बाटैंमा एक जना, नेपालगन्ज मेडिकल कलेज र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक—एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

भेरी अस्पतालको कोभिड वार्डमा उपचार गराइरहेका बाँकेको नेपालगन्ज—११ निवासी ६० वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो । यस्तै, बाँकेको खजुरा—४७ वर्षीया महिलाको पनि साढे १० बजेतिर भएको हो । मृतक दुवैलाई १ बैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाकाअनुसार दुई जनाको हिजो राति मृत्यु भएको हो भने थप एक जना नेपालगन्जका संक्रमितको उपचारका लागि अस्पतालमा ल्याउँदा बाटैंमा मृत्यु भएको छ ।

‘अस्पतालमा उपचार गराइरहेको दुई जना र उपचारका लागि बाटोमा ल्याउँदैं गर्दा थप एक जनाको मृत्यु भएको छ,’ उनले भने ।

नेपालगन्ज मेडिकल कलेजमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर—१० की ३६ वर्षीया महिलाको आइतबार राति साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । १० बैशाखमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा उपचाररत एक ६२ वर्षीया महिलाको मृत्यु भएको हो । ८ बैशाखमा अस्पताल भर्ना भएर आईसीयुमा उपचार गराइरहेकी गोदावरी—३ की ती महिलाको आइतबार विहान ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ