२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछाउनीमा ७५० शैय्याको अत्याधुनिक वीरेन्द्र सैनिक अस्पताल बन्ने, प्रधानमन्त्रीद्वारा शिलान्यास

छाउनीमा ७५० शैय्याको अत्याधुनिक वीरेन्द्र सैनिक अस्पताल बन्ने, प्रधानमन्त्रीद्वारा शिलान्यास


काठमाडौं—नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषले छाउनीमा आधुनिक ७५० शैय्याको अस्पताल निर्माण गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अत्याधुनिक अस्पतालको शिलान्यास गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकन गरेका थिए । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए।

‘यस महत्वपूर्ण कार्यमा नेपाली सेनालाई सफलताको शुभकामनासहित नेपाली सेनाका प्रधान सेनापतिलगायत सबैलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने ।

५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आएपश्‍चात् नेपालकै नमुना अस्पताल ‘मेडिकल सेन्टर फर एक्सिलेन्स’को रुपमा कार्य संचालन हुने र रिसर्चलगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।

विपदका बेला ६ हजारलाई उपचार गर्ने क्षमता रहने उक्त अस्पताल २०७ रोपनी जग्गामा निर्माण हुँदैछ । अस्पतालमा अबको ७ वर्षमा सेवा सुरु गरिसक्ने र १० वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ