२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसी काउन्सिलले लाइसेन्स दुरूपयोग रोक्ने गृहकार्य गर्न समिति बनायो

फार्मेसी काउन्सिलले लाइसेन्स दुरूपयोग रोक्ने गृहकार्य गर्न समिति बनायो


काठमाडौं—नेपाल फार्मेसी परिषद्ले फार्मेसीका लाइसेन्स दुरूपयोग हल गर्ने प्रयास अगाडि बढाएको छ । १० बैशाखमा बसेको काउन्सिलको बैठकले परिषद्को नाम दर्ता प्रमाणपत्रको दुरुपयोग रोक्नका लागि ५ सदस्सीय छानविन समिति बनाएको हो ।

काउन्सिलले रजिष्ट्रार सन्जीवकुमार पाण्डेको संयोजकत्वमा समिति बनाएको हो । उक्त समितिमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग एक—एक जना सदस्य रहनेछन् । यस्तै, समितिमा फार्मेसी विज्ञ, कानुन व्यवसायी र एक सरोकारवाला एक-एक जना रहनेछन् ।

‘परिषद्को नाम दर्ता प्रमाणपत्रको दुरुपयोग न्यूनीकरण गर्न एवं व्यवसायिक आचारसंहितालाई पालना गराउन आवश्यक गृहकार्य गर्न परिषद्को रजिष्ट्रार श्री सन्जिवकुमार पाण्डेयको संयोजकत्वमा ५ सदस्य रहने गरी एक समिति गठन गरियो,’ काउन्सिलको निर्णयमा भनिएको छ ।

परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डेले अहिले धनी व्यवसायी एउटै हुनुपर्ने भन्दै विभिन्न गुनासोहरु आएको र ती गुनासोहरु हल गर्न आवश्यक गृहकार्यका लागि समिति बनाइएको जानकारी दिए । ‘अहिले फार्मेसी धनी र व्यवसायी एउटै हुनुपर्र्ने, लाइसेन्स दुरुपयोग, व्यवसायिक आचरणको पालना नगरेकोजस्ता उजुरी आइरहेका छन्,’ उनले भने, ‘यो पेशालाई व्यवसायिक बनाउने गृहकार्यका लागि हामीले समिति बनाएका हौं ।

परिषद्का सदस्य निरज बर्तौलाले धनी र व्यवसायी गुनासोहरु हल गर्नका गृहकार्य गर्न समिति बनाइएको बताए ।

यस्तै, काउन्सिलको बैठकले आफ्नै भवन निर्माणका लागि मन्त्रालयमा पहल गर्न अध्यक्ष पाण्डेको नेतृत्वमा समिति समेत बनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ