२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयले माग्यो तीन दिनभित्र एचडियु वार्डको तस्विरसहित विवरण, नत्र रकम रोक्का हुने

मन्त्रालयले माग्यो तीन दिनभित्र एचडियु वार्डको तस्विरसहित विवरण, नत्र रकम रोक्का हुने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाइ डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन भएका वार्डहरुको विवरण मागेको छ । आइतबार मन्त्रालयले एचडियु सञ्चालन भएका वार्डको फोटोसहितको विवरण तीन दिनभित्र मन्त्रालयमा पठाउन भनेको हो ।

मन्त्रालयले तीन दिनभित्र एचडियु वार्डहरु सञ्चालन गर्न नसक्ने अस्पतालहरुको रकम रोक्का गर्न जनाएको छ ।

‘त्यसो हुन नसक्ने अवस्थामा मन्त्रालयबाट उपलब्ध गराइएको तथा गराइने भनिएको रकम रोक्का राखी अन्य प्रक्रिया अगाडि बढाइने व्यवहोरा सबैको जानकारीका लागि सुसूचित गरिन्छ,’ मन्त्रालय सह—प्रवक्ता समीरकुमार अधिकारीले भनेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ