२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १६ वैशाख मध्यरातबाट निषेधाज्ञा जारी गर्ने तयारी

काठमाडौं उपत्यकामा १६ वैशाख मध्यरातबाट निषेधाज्ञा जारी गर्ने तयारी


काठमाडौं—काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लगाउने तयारी भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबार मध्यरातिदेखि निषेधाज्ञा जारी गर्ने तयारीका साथ छलफल चलिरहेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘बुधबार रातिबाट निषेधाज्ञा लगाउने गरी छलफल चलिरहेको छ,’ उनले हेल्थआवाजसँग भने, ‘अहिले नै निषेधाज्ञा गर्ने निर्णय भयो भन्ने मिलेन । हामी छलफलमै छौं ।’

छलफल जारी रहेकाले केहीबेरमै यसबारेमा निर्णय आउने उनले बताए । तीन वटै जिल्ला प्रशासन कार्यलयहरुले कोभिड—१९ को उच्च जोखिममा उपत्यका रहेको निष्कर्षसहित निषेधाज्ञाको तयारी गरेका हुन् ।

निषेधाज्ञा लागु भएमा निजी तथा सरकारी यातायात पूर्ण रुपमा बन्द हुनेछन् । अत्यावश्यबाहेक अन्य सबै सेवाहरु बन्द हुनेछन् । काठमाडौं उपत्यकामा ८ हजार ४ सय ५६ सक्रिय केस छन् ।

आइतबार बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले ५ सय बढी सक्रिय संक्रमित पुगेका सहर र २ सय बढी संक्रिय संक्रमित पुगेका ग्रामीण क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । अहिले काठमाडौंमा ६ हजार ५ सय २८, भक्तपुरमा ६१३ र ललितपुरमा १३१५ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ