२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरी अस्पतालले माग्यो १० मेडिकल अधिकृत र ४० जना स्टाफ नर्स

भेरी अस्पतालले माग्यो १० मेडिकल अधिकृत र ४० जना स्टाफ नर्स


काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पतालमा १० मेडिकल अधिकृतसहित ५० जना कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न ५० जना कर्मचारी माग गरेको हो ।

कोभिड—१९ को हब बनेको बाँकेको प्रमुख अस्पतालमा रुपमा रहेको भेरी अस्पतालले एनेस्थेसिया ३ जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्नीसियन ५ जना र स्टाफ नर्स ४० जना करार सेवाका लागि माग गरेको हो ।

उक्त करार सेवा असार मसान्तसम्म रहने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ