२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १९१२ सहित थप ३५५६ जनामा कोरोना

काठमाडौं उपत्यकामा १९१२ सहित थप ३५५६ जनामा कोरोना


काठमाडौं—काठमाडौं उपत्यकामा १  हजार ९ सय १२ सहित ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १३ हजार २ सय ९३ नमुना परीक्षण गरिएका ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी काठमाडौंमा १ हजार ५ सय ६७ जना, ललितपुरमा २ सय २३ जना र भक्तपुरमा १ सय १२ जनामा गरेर काठमाडौँ उपत्यकामा मात्रै     १ हजार ४ सय  ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संक्रमितको संख्या ३ लाख  ३ हजार ५ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३  सय ७८  जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार  ९ सय ५१  पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९१.५ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतक संक्रमितको संख्या १२ रहेको छ । भने, पछिल्लो २४ घण्टामा   थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा मृतक संक्रमितको संख्या ३ हजार १ सय ७६ पुगको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ