२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबढी संक्रमित भएका जिल्लामा ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न चिकित्सक संघको आग्रह

बढी संक्रमित भएका जिल्लामा ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न चिकित्सक संघको आग्रह


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले बढी संक्रमित भएका जिल्लाहरुमा अबिलम्ब ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी चिकित्सकहरुको पेशागत संगठन एनएमले नेपालमा दोस्रो लहरसँग नयाँ भेरियन्ट समेत देखिइसकेकालले ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्दै बन्दाबन्दी गर्न आग्रह गरेको हो ।

उसले बन्दाबन्दीपछि सबै नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन पनि माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सरकारी अस्पताल मेडिकल कलेज र निजी अस्पतालहरुसँग समन्वय गरेर इलेक्टीभ सर्जरी तथा नियमित स्वास्थ्य सेवाहरुलाई बन्द गरेर कोभिड—१९ को वार्डहरु सञ्चालन गर्न र एचडियु तत्काल थप गर्न पनि माग गरिएको छ ।

यस्तै, एनएमएले कोभिड अस्पताल घोषणा गरेर संक्रमितको छुट्टै उपचार गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको न्यून दरबन्दी तुरुन्त पूर्ति गर्न, जोखिम भत्ता र बिमालाई प्रभावकारी रुपमा लागु गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड—१९ भ्याक्सिन उपलब्ध गराउन पनि माग गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ