गृहपृष्ठ ∕ समाचार ∕ २३ अस्पतालमा १ हजार एचडियु निर्माण लक्ष्यः कुन अस्पतालले कति गरे काम ? २३ अस्पतालमा १ हजार एचडियु निर्माण लक्ष्यः कुन अस्पतालले कति गरे काम ? हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १४:४४ मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं—सरकारले कोभिड—१९ पहिलो लहर चलिरहेकै बेला १ हजार हाइडिपेन्डेन्सी युनिट (एचडियु) तयार पार्ने लक्ष्यअनुरुप विभिन्न अस्पताललाई काम अगाडि बढाउन निर्देशन दिएका थियो । गत कात्तिकमा ३ महिनामा सक्ने गरी काठमाडौं उपत्यकाका अस्पतालहरु र धुलिखेल अस्पताल गरी २३ वटा अस्पतालले १ हजार एचडियु तयार पार्ने जिम्मेवारी पाएका थिए । तर, अहिलेसम्म पनि धेरै अस्पतालहरुमा एचडियु युनिट पूर्ण सञ्चालनमा ल्याउन सकेका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार चार वटा अस्पतालले मात्र पूर्ण रुपमा तोकिएको समयमा एचडियु सञ्चालनमा ल्याएका छन् । तोकिएको समयमा एचडियु पूर्ण रुपमा सञ्चालनमा ल्याउने अस्पतालमा चापागाउँ अस्पताल २५ बेड, गंगालाल हृदय रोग केन्द्र २५ बेड, कान्ति बाल अस्पताल २५ बेड र एपीएफ अस्पतालले ५० बेडको एचडियु पूर्ण रुपमा सञ्चालनमा ल्याएका छन् । अन्य १९ वटा अस्पतालले भने केही प्रक्रियामा रहेको र केही सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका छन् । अस्पताल दिइएको लक्ष्य भएको काम १. त्रिवि शिक्षण अस्पताल १०० बेड ५० बेड प्रक्रिया र सञ्चालन २. पाटन अस्पताल १०० बेड १०० बेड प्रक्रिया र सञ्चालन ३. वीर अस्पताल १०० बेड १०० बेड प्रक्रिया र सञ्चालन ४. परोपकार प्रसुति गृह ५० बेड ५० बेड प्रक्रियामा (स्टाफ अभाव) ५. प्रहरी अस्पताल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालन ६. कीर्तिपुर आयुर्वेद हस्पिटल ५० बेड ५० बेड प्रक्रिया (स्टाफ अभाव) ७. धुलिखेल अस्पताल ५० बेड प्रक्रिया नै सुरु नभएको ८. दहचोक हस्पिटल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालन ९. सिभिल हस्पिटल ५० बेड ५० बेड सञ्चालनमा १०. आर्मी अस्पताल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालनमा ११. एपीएफ हस्पिटल ५० बेड ५० बेड सञ्चालनमा १२. एनएमसी हस्पिटल २५ बेड २५ बेड प्रक्रिया नै सुरु नभएको १३. केएमसी हस्पिटल २५ बेड २५ बेड सञ्चालनको तयारीमा १४. किष्ट अस्पताल २५ बेड २५ बेड प्रक्रिया सुरु नभएको १५. कान्ति बाल अस्पताल २५ बेड २५ बेड सञ्चालनमा १६. नरदेवी अस्पताल २५ बेड २५ बेड प्रक्रियामा (कर्मचारी अभाव) १७. मानसिक अस्पताल २५ बेड २५ बेड प्रक्रियामा तर सञ्चालनमा नआएको १८. मनमोहन कार्डियोथोरासिक २५ बेड २५ बेड प्रक्रिया र सञ्चालनमा १९. मावन अंग प्रत्यारोपण केन्द्र २५ बेड २५ बेड प्रक्रियामा २०. गंगालाल हृदय रोग केन्द्र २५ बेड २५ बेड सञ्चालनमा २१. चापागाउँ अस्पताल २५ बेड २५ बेड सञ्चालन २३. भक्तपुर नगर अस्पताल २५ बेड २५ बेड एकहप्ताभित्र सञ्चालन हुने २३. भक्तपुर अस्पताल २५ बेड २५ बेड प्रक्रिया (कर्मचारी अभाव) क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबीच आँखा उपचार नपुगेका ठाउँमा सेवा… मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ४ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ५ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज ६ योग के हो ? यसका प्रकार र फाइदा ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री