२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा

कोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा


काठमाडौ–पछिल्लो समय नेपालमा कोभिड एक जनाबाट अर्को जनामा सर्ने दर विश्वमै खराब अवस्थामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा जानकारी दिइएको छ ।

व्रिफिङ्गमा अहिले एक जना संक्रमितले दुई जनामा सारेको पाइएको डा. अर्चना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अघिल्लो हप्ताको तुलनामा नेपालमा २ सय २८ प्रतिशतले संक्रमण दर बढेको छ । जुन छिमेकी देश भारतमा जत्तिकै रहेको उनको भनाइ छ । ‘भारतमा जस्तै संक्रमणको दर माथि गइरहेको छ,’ उनले भनिन्, ‘भारतमा भन्दा नेपालमा टेष्ट पोजेटीभ रेट बढी देखिएको छ ।’

संक्रमित अनुपातमा कोभिडको पहिलो वेव भन्दा दोस्रो खराब देखिदै आएको उनको भनाइ छ । ‘जसरी भारतमा मृत्युदर बढेको देखिन्छ । हाम्रोमा पनि त्यस्तै छ,’ उनले भनिन्, ‘मृत्यु हुनेको संख्या चाडो चाडो माथि गइरहेको छ ।’

पछिल्लो समय नेपालमा बढ्दै गएको संक्रमण दर नरोकिने हो भने अबको एकदेखि तीन महिनामा नै पहिलो वेबको जति संक्रमित देखिने र दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने उनको दावी छ । ‘नेपालको संक्रमण वृद्धि दर विश्वकै उच्च तहमा पुगेको छ, यही रेसियोमा संक्रमण दर बढेमा दैनिक १ सय ४९ जनासम्म गुमाउनुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘हामी गम्भीर परिस्थितीमा छौ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ