२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् विदेश जानेहरुका लागि सरकारले कोभिड-१९ परीक्षण गर्न तोकेका ५०* ल्याब

यी हुन् विदेश जानेहरुका लागि सरकारले कोभिड-१९ परीक्षण गर्न तोकेका ५०* ल्याब


काठमाडौं–सरकारले विदेश जानेहरुको लागि ५०* वटा ल्यावमा परीक्षण गरेकालाई मान्यता दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार निकालेको सूचना अनुसार सबै सरकारी प्रयोगशाला र क वर्गका अस्पतालमा आधारित* निजी प्रयोगशालामा परीक्षण गरेकोलाई मान्यता दिने निर्णय गरेको हो ।

हाल नेपालमा ४६ वटा सरकारी ल्याबमा कोभिड १९ पिसिआर परीक्षण हुने गर्छ । त्यसैगरी कोभिड १९ को परीक्षण हुने अस्पतालमा आधारित ४* बटा ल्याब क वर्गका छन् ।

सरकारी ४६ वटा ल्याव
१. राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौ
२. कोशी अस्पताल ल्याव, विराटनगर
३. प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
४. मेची अस्पताल, झापा
५. कनकाई कोभिड ल्याव झापा
६. प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
७. नारायणी अस्पताल ल्याव वीरगञ्ज
८. गजेन्द्र नारायण अस्पताल राजविराज
९. गौर अस्पताल रौतहट
१०. वर्दिवास अस्पताल
११. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
१२. शुक्रराज सरुवारोग अस्पताल टेकु
१३. भरतपुर कोभिड १९ प्रयोगशाला, भरतपुर
१४. वीर अस्पताल महावौद्ध
१५. भ्याक्टर वन डिजिज ल्याव, हेटौडा
१६. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
१७. नेपाल पुलिस अस्पताल महाराजगञ्ज
१८. नेपाल एपीएफ अस्पताल, बलम्बु
१९. परोपकार प्रसुति गृह थापाथली
२०. नेपाल कोरिया फ्रेण्डसीप अस्पताल भक्तपुर
२१. वीरेन्द्र आर्मी अस्पताल छाउनी
२२. कीर्तिपुर नगरपालिका त्रिवि बोटानिक कोरोना ल्याव
२३. विपी कोइराला क्यान्सर अस्पताल ल्याव
२४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याव
२५. प्रादेशिक ल्याव पोखरा
२६. प्रादेशिक ल्याव भैरहवा
२७. भेरी अस्पताल ल्याव नेपालगञ्ज
२८. गुल्मी कोभिड ल्याव, गुल्मी
२९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
३०. लुम्बिनी अस्पताल
३१. प्रादेशिक अस्पताल सुर्खेत
३२. चौरजहारी पिसिआर ल्याव रुकुम
३३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
३४. कोभिड प्रयोगशाला दैलेख
३५. सेती अस्पताल धनगडी
३६. भेटनरी ल्याव सुर्खेत
३७. डोटी अस्पताल ल्याव
३८. बैतडी अस्पताल ल्याव
३९. बझांग अस्पताल
४०. पाल्पा अस्पताल कोभिड ल्याव
४१. त्रिसुली अस्पताल
४२. भक्तपुर अस्पताल भक्तपुर
४३. सिभिल अस्पताल काठमाडौ
४४. कमलबजार नगरपालिका ल्याव अछाम
४५. हेटौडा अस्पताल
४६. गंगालाल हृदयरोग केन्द्र

ए वर्गका निजी ल्याव १२
१. नेपाल मेडिसिटी ल्याव भैसेपाटी
२. युर्निभर्सल इन्स्टिच्युट अफ एड्भान्स स्टडी एउण्ड रिसर्च सेन्टर, भैरहवा
३. स्टार अस्पताल ल्याव सानेपा
४. मनमोहन मेमोरियल कलेज टिचिंग अस्पताल

(*यस अघि अस्पतालमा आधारित कोभिड १९ परिक्षण हुने ए वर्गका  निजी ल्यावको संख्या अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौ । -सम्पादक_)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ