२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअक्सिजनको मात्रा कम भएपछि पूर्वरानी कोमललाई आइसियुमा सारियो

अक्सिजनको मात्रा कम भएपछि पूर्वरानी कोमललाई आइसियुमा सारियो


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।अस्पतालले जारी गरेको प्रेस नोटअनुसार उनलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो ।

उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अन्य स्वास्थ्य समस्या भने नदेखिएको अस्पतालले जनाएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनि पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् ।
पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ