२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४९२८ जनामा संक्रमण पुष्टि, २६ जनाको मृत्यु

थप ४९२८ जनामा संक्रमण पुष्टि, २६ जनाको मृत्यु


काठमाडौं – नेपालमा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये महिला १७१४ जना र पुरुष ३११७जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ११२७ जना, भक्तपुर १८२  जना, ललितपुरमा २ सय ५२ जना गरेर काठमाडौँ उपत्यकामा १ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८०  हजार १ सय ६७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा रिपोर्ट भएका मृतकको संख्या ३५  जना रहेको मन्त्रालयको तथ्यांकमा छ । पछिल्लो २४ घण्टामा भने २६ जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)