२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२२ जिल्लामा कोरोना संक्रमित थेगी नसक्नु भए : स्वास्थ्य मन्त्रालय

२२ जिल्लामा कोरोना संक्रमित थेगी नसक्नु भए : स्वास्थ्य मन्त्रालय


काठमाडौँ – सरकारले २२ जिल्लामा कोरोना संक्रमितको संख्या थेग्न नै नसकिने गरी बढेको भन्दै स्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा अपिल गरेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी देशको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने गरी संक्रमण बढिररहेको हुँदा  संवेदनशील भएर  स्वास्थ्यको मापदण्ड पालना गर्न अपिल गरेको हो।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुरमा संक्रमणको दर डरलाग्दो गरी बढिरहेको छ। ती जिल्लाहरुमा संक्रमण अत्याधिक बढिरहेकोले  अस्पतालमा राखेर हेरचाह गर्न  शैय्या उपलब्ध गराउन नसकिने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट बच्न मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेला-बेलामा साबुनपानीले हात धुने, भीडभाडमा नजाने जस्ता स्वास्थ्यको मापदण्डको कडाइ रुपमा पालना गर्न  मन्त्रालयले सुझाएको छ।

यस्तै, मन्त्रालयले कुनै पनि मार्गबाट देशविदेश जानेआउने वा आन्तरिक बाह्य पर्यटकको लागि कहिँ कतै जाने कामहरु पूर्ण रुपमा नगर्न र नगराउन समेत अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ