२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार जनताको स्वास्थ्य उपचारबाट पन्छिन मिल्दैनः चिकित्सक संघ

सरकार जनताको स्वास्थ्य उपचारबाट पन्छिन मिल्दैनः चिकित्सक संघ


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारर आम सर्वसाधरणमा गरेको अपिलमा नेपाल चिकित्सक संघले आपत्ती जनाएको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै नेपाली जनताको स्वास्थ्यको जिम्मेवार नेपाल सरकारको भएको हुँदा सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्वबाट पन्छन नमिल्ने भन्दै सरकारलाई जिम्मेवार हुन आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयले सर्वसाधरणमा अपिल जारी गर्दै देशका २२ जिल्लामा कोरोना महामारी बडेको भन्दै ती जिल्लामा उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने अवस्था भएको उल्लेख गरेको थियो ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालको संयुक्त हस्ताक्षरमा निकालिएको सो विज्ञप्तीमा चिकित्सक तथा स्वाथ्यकर्मीलाई कोभिड विरुद्धको खोप चाडोभन्दा चाडो लगाएर महामारीसँग जुध्न तयार बनाउन पनि माग गरिएको छ ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित हुने क्रम बढेको र उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गर्न समेत माग गरेको छ । साथै महामारीसँग जुध्न संघ सरकारसँग हातेमालो गर्न तयार रहेको समेत उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ