२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआइतबारबाट काठमाडौंमा एक हजार वेड थपिन्छन्ः स्वास्थ्यमन्त्री त्रिपाठी

आइतबारबाट काठमाडौंमा एक हजार वेड थपिन्छन्ः स्वास्थ्यमन्त्री त्रिपाठी

व्यवस्थापनमा कमजोरी भयो, जिम्मेवारी लिन्छु


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीले आइतबारबाट कोभिड-१९ संक्रमितहरुका लागि थप १ हजार वेड थपिने जानकारी दिएका छन् । शनिबार मन्त्रालयबाट सम्बोधन गर्दै उनले सरकार नेपाली जनताको स्वास्थ्य उपचारका लागि कटिवद्ध रहेको बताउँदैं आइतबारबाट उपत्यकामा थप १ हजार वेड संक्रमितको उपचारका लागि तयार हुने बताए ।

तर, उनले कहाँ कहाँ तयार हुने भने उल्लेख गरेनन् । आइतबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै २२ जिल्लामा संक्रमण भयावह भएको र उपचारका लागि वेड पाउन सम्भव नभएको विज्ञप्ती जारी गरेको थियो । सो विज्ञप्तीको सबै क्षेत्रबाट आलोचना भएपछि मन्त्री आफैले भिडियो व्रिफिङ्ग गर्दै बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा नछोडेको बताएका हुन् ।

उनले अहिले अवस्था जटिल भएतापनि आतंकित हुने अवस्था नभएको बताए । ‘अवस्था जटिल छ । तर, आतंकित हुने अवस्था होइन,’ उनले भने, ‘सरकार यहाँहरुको साथमा छ । बाहिर प्रभार भएजस्तो सरकारले हात खुट्टा छोडेको छैन ।’

उनले संसारमा उपचारका लागि प्रयोग गरेका विधी र प्रविधी नेपालले पनि प्रयोग गर्ने आश्वासन दिदै अक्सिजन र भ्याक्सिनको जोह तत्काल गर्ने तर्फ लागेको दावी गरे । उनले संक्रमितको उपचारको व्यवस्थापकीय पक्षमा केही कमजोरी भएको स्वीकार गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियतमा त्यसको जिम्मेवारी लिने समेत बताए ।

जनताको जीवनलाई प्रथमितामा राखेर नै लकडाउन गरिएको उनको दावी थियो । ‘जनताको जीवनभन्दा ठूलो अर्थतन्त्र हुन सक्दैन भन्नेमा सरकार गम्भीर छ,’ उनले भने, ‘त्यसका लागि नै लकडाउन गरिएको हो । यो नै संक्रमण घटाउने सबैभन्दा प्रभावकारी उपाय हो ।’

पटक पटक जनतालाई सरकार साथमा छ भनेर ढाडस दिएका मन्त्री त्रिपाठीले अन्तमा कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जनताको साथमा रहेको छ भन्दै आश्वस्त हुन अनुरोध गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ