२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट १ सय ६८ जनाको मृत्यु, थपिए ९३०५ संक्रमित

कोरोना संक्रमणबाट १ सय ६८ जनाको मृत्यु, थपिए ९३०५ संक्रमित

सक्रिय संक्रमितको संख्या १ लाखबढी


काठमाडौँ – नेपालमा थप १ सय ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्राप्त तथ्यांक अनुसार थप  १ सय ६८  जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय २५ पुगेको छ।

केहि दिनयता देखि संक्रमण दरसँगै मृतकको संख्या पनि बढ्दै गैरहेको छ । हाल सक्रिय केस मात्रै १ लाख ६ सय ३४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जना  कोरोना संक्रमित थपिएका छन्।

त्यस्तै, पछिल्लो २४ घन्टामा एकैपटक  ४ हजार ४४   जना संक्रमित कोरोना मुक्त भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)