२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणमुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमणमुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज


काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाह कोभिड-१९ संक्रमणमुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वराजा शाह बुधबार कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

उनी बुधबार राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमित भएपछि १९ दिनअघि शाह पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसँगै अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि शाहलाई बुधबार डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ ।

उनलाई केही दिनअघि स्वास्थ्य अवस्थामा सुधार भएपछि आईसीयुबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपनि उनी आमासँग अस्पतालमै छन् ।

पूर्वराजपरिवारका सदस्यको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ