२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् कोरोनाको उपचार गर्दा लागेको खर्च सरकारले नै व्यहोर्ने ८१ अस्पताल

यी हुन् कोरोनाको उपचार गर्दा लागेको खर्च सरकारले नै व्यहोर्ने ८१ अस्पताल


काठमाडौं-कोभिड-१९ संक्रमण तीब्र रूपमा फैलिएसँगै सरकारले देशभरका ८१ अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च व्यहोर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका ८१ अस्पतालमा कोभिड-१९ संक्रमितको उपचार गर्दा बिरामीले निःशुल्क उपचार पाउनेछन् ।

ती अस्पतालहरुमा उपचार गर्ने कोभिड-१९ का संक्रमितहरुको उपचार खर्च राज्यले नै व्यहोर्ने छ । यसरी कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्ने अस्पतालमा प्रदेश नं. १ का ३ वटा अस्पताल छन् । प्रदेश २ का पाँच वटा अस्पतालबाट पनि कोभिड बिरामीको निःशुल्क उपचार हुनेछ ।

बागमती प्रदेशका ३७ अस्पतालबाट सरकारले कोभिड-१९ का बिरामीको उपचार गरिरहेको छ । गण्डकी प्रदेशका ५ वटा अस्पतालबाट सरकारको कोभिड १९ का बिरामीको निःशुल्क उपचार गर्दैछ ।

यस्तै, लुम्बिनी प्रदेशका १० अस्पतालबाट कोभिड संक्रमितले निःशुल्क उपचार पाउनेछन् भने कर्णालीका तीन अस्पतालबाट कोभिड संक्रमितको निःशुल्क उपचार हुनेछ ।

सुदूरपश्चिम प्रदेशका १८ वटा अस्पतालमा कोभिड बिरामीको निःशुल्क उपचार गर्दैछ ।

यी हुन् कोरोनाको उपचार गर्दा सरकारले नै पैसा तिर्ने ८१ अस्पताल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ