२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् कोरोनाको उपचार गर्दा लागेको खर्च सरकारले नै व्यहोर्ने ८१ अस्पताल

यी हुन् कोरोनाको उपचार गर्दा लागेको खर्च सरकारले नै व्यहोर्ने ८१ अस्पताल


काठमाडौं-कोभिड-१९ संक्रमण तीब्र रूपमा फैलिएसँगै सरकारले देशभरका ८१ अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च व्यहोर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका ८१ अस्पतालमा कोभिड-१९ संक्रमितको उपचार गर्दा बिरामीले निःशुल्क उपचार पाउनेछन् ।

ती अस्पतालहरुमा उपचार गर्ने कोभिड-१९ का संक्रमितहरुको उपचार खर्च राज्यले नै व्यहोर्ने छ । यसरी कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्ने अस्पतालमा प्रदेश नं. १ का ३ वटा अस्पताल छन् । प्रदेश २ का पाँच वटा अस्पतालबाट पनि कोभिड बिरामीको निःशुल्क उपचार हुनेछ ।

बागमती प्रदेशका ३७ अस्पतालबाट सरकारले कोभिड-१९ का बिरामीको उपचार गरिरहेको छ । गण्डकी प्रदेशका ५ वटा अस्पतालबाट सरकारको कोभिड १९ का बिरामीको निःशुल्क उपचार गर्दैछ ।

यस्तै, लुम्बिनी प्रदेशका १० अस्पतालबाट कोभिड संक्रमितले निःशुल्क उपचार पाउनेछन् भने कर्णालीका तीन अस्पतालबाट कोभिड संक्रमितको निःशुल्क उपचार हुनेछ ।

सुदूरपश्चिम प्रदेशका १८ वटा अस्पतालमा कोभिड बिरामीको निःशुल्क उपचार गर्दैछ ।

यी हुन् कोरोनाको उपचार गर्दा सरकारले नै पैसा तिर्ने ८१ अस्पताल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ