२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वरानी कोमल शाह नर्भिक अस्पतालबाट डिस्चार्ज

पूर्वरानी कोमल शाह नर्भिक अस्पतालबाट डिस्चार्ज


काठमाडौँ –  पूर्वरानी कोमल शाह र उनकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा शाह नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालले सूचना जारी गरी शुक्रबार अपरान्ह ४ बजे दुवै जना डिस्चार्ज भएको जनाएको हो।

अस्पतालका अनुसार २१ दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहित पूर्वरानी शाह र नातिनी प्रेरणा शाह भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह भने उपचार पछि गएको बुधबार नै डिस्चार्ज भएका थिए।

अस्पतालमा भर्ना भए देखि नै पूर्वरानी कोमल शाहको अवस्था विग्रिएको कारण अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । उनको प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको अस्पतालले उल्लेख गरेको छ।

उनको स्वास्थ्यमा केही दिनदेखि सुधार आइ अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

यता, पूर्व अधिराजकुमारी  प्रेरणा शाहको अवस्था भने सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।

पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ