२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २०३ जना संक्रमितको मृत्यु, ८५२० जनामा कोरोना पुष्टि

थप २०३ जना संक्रमितको मृत्यु, ८५२० जनामा कोरोना पुष्टि

६ हजारभन्दा बढी कोरोनामुक्त


काठमाडौँ – नेपालमा थप २ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्राप्त तथ्यांक अनुसार थप  २ सय ३  जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९  पुगेको छ।

केहि दिनयता देखि संक्रमण दरसँगै मृतकको संख्या पनि बढ्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २०  कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा मात्रै २ हजार ४ सय ५८ जना संक्रमित थपिएका छन् । त्यस्तै, भक्तपुरमा ३ सय ३५, ललितपुरमा ४ सय ८१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ पछि रुपन्देहीमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५ सय ५६  जनामा कोरोना पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६  सय ५८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा एकैपटक ६  हजार १ सय ३५  जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल कोरोनामुक्त हुने दर ७४. ५  प्रतिशत रहेको छ । नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ