२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जको जमुनाहा नाकामा भारतबाट फर्किएका करिब एक प्रतिशतको मात्रै एन्टिजेन परिक्षण

नेपालगन्जको जमुनाहा नाकामा भारतबाट फर्किएका करिब एक प्रतिशतको मात्रै एन्टिजेन परिक्षण


नेपालगन्ज-कोभिड–१९ संक्रमण तीब्र रुपमा फैलिएपनि नेपालगन्जको जमुनाहा रुपैडिया नाकामा भिडभाड अझै नियन्त्ररण हुन सकेको छैन । भारतमा कोभिड–१९ महामारी फैलिएपछि दैनिक १५ सयदेखि २ हजारसम्म नेपालीहरु नेपालगन्ज नाका हुँदै घर फर्किने गरेका छन् ।

२०७७ चैत ११ गतेदेखि हालसम्म भारतबाट नेपालगन्ज नाका हुँदै १ लाख १२ हजार १ सय १३ जना नेपाल फर्किएका छन् । तीमध्ये शंकास्पद १ हजार ४ सय १९ जनाको मात्रै एन्टिजेन परिक्षण गरिएको छ । एन्टिजेन परिक्षण गरिएकामध्ये करिब १४ प्रतिशत अर्थात १ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतको महाराष्ट्र, गुजरात र दिल्लीलगायत कोभिड–१९ अत्याधिक संक्रमण फैलिएका क्षेत्रबाट जमुनाहा नाका हुँदै नेपालगन्ज प्रबेश गर्ने ब्यक्तिहरुको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीले ज्वरो चेक जाँच गर्ने र शंका लागेमा एन्टिजेन परिक्षण गर्ने गरिएको जमुनाहा हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरन्जीवी ज्ञवालीले बताए ।

एन्टिजेन परिक्षण गर्दा संक्रमण देखिएकाहरुलाई जमुनाहा नाकाबाटै गाडीमा राखेर नेपालगन्जको मनिकापुरस्थित हाइटहाउसको आइसोलेसनमा पठाउने गरिएको बाँकेका प्रहरी उपरिक्षक ओम रानाले बताए ।

नेपालगन्ज उप–महानगरपालिकाले सीमा नाकामा १३ जना स्वास्थ्यकर्मी खटाएर भारतबाट आएका ब्यक्तिहरुलाई ज्वरो चेज जाँच र एन्टिजेन परिक्षण गरी कोरोना भए नभएको एकीन गर्दै आएको छ । बैशाखको पहिलो साता भारतबाट नेपालगन्ज नाका हुँदै दैनिक करिब २ हजारको संख्यामा नेपालीहरु फर्कने गरेकोमा पछिल्ला दिनहरुमा फर्किनेको संख्या घटेर करिब एक हजारदेखि १५ सयमा झरेको छ ।

भारतबाट रेल तथा बसहरु हुँदै एउटै समयमा सयौको संख्यामा नेपालीहरु जमुनाहा रुपैडिया नाकामा आउने गरेका छन । सीमा नाकामा आएका नेपालीहरुको ज्वरो चेक जाँच गर्ने र शंकास्पद ब्यक्तिहरुको एन्टिजेन परिक्षण गर्ने गरिएको छ ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नभएका एन्टिजेन रिपोर्ट नेगेटिभ भएका ब्यक्तिलाई पनि काठमाडौं उपत्यका जानका लागि सम्बन्धित ब्यक्तिको घर या डेरा भएको वडाको सिफारिसमा अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका कोभिड–१९ संक्रमणसँग मिल्दो जुल्दो लक्षण नभएका ब्यक्तिहरुलाई होल्डिङ सेन्टरबाट बस चढाएर सिधै उनीहरुको गन्तब्यमा पुग्ने गरेका छन् । तर, होल्डिङ सेन्टर भने ब्यवस्थित छैन । यात्रुहरुको भिडभाड हुने गरेको छ । होल्डिङ सेन्टरमा यात्रु तानातान हुने गरेको छ ।

होल्डिङ सेन्टरबाट छुट्ने बसमा यात्रुहरुलाई माक्स अनिवार्य गरिएको छ । सवारी साधनको सिटभन्दा बढी संख्यामा यात्रुलाई राख्न नपाउने ब्यवस्था गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ