२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्जको जमुनाहा नाकामा भारतबाट फर्किएका करिब एक प्रतिशतको मात्रै एन्टिजेन परिक्षण

नेपालगन्जको जमुनाहा नाकामा भारतबाट फर्किएका करिब एक प्रतिशतको मात्रै एन्टिजेन परिक्षण


नेपालगन्ज-कोभिड–१९ संक्रमण तीब्र रुपमा फैलिएपनि नेपालगन्जको जमुनाहा रुपैडिया नाकामा भिडभाड अझै नियन्त्ररण हुन सकेको छैन । भारतमा कोभिड–१९ महामारी फैलिएपछि दैनिक १५ सयदेखि २ हजारसम्म नेपालीहरु नेपालगन्ज नाका हुँदै घर फर्किने गरेका छन् ।

२०७७ चैत ११ गतेदेखि हालसम्म भारतबाट नेपालगन्ज नाका हुँदै १ लाख १२ हजार १ सय १३ जना नेपाल फर्किएका छन् । तीमध्ये शंकास्पद १ हजार ४ सय १९ जनाको मात्रै एन्टिजेन परिक्षण गरिएको छ । एन्टिजेन परिक्षण गरिएकामध्ये करिब १४ प्रतिशत अर्थात १ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतको महाराष्ट्र, गुजरात र दिल्लीलगायत कोभिड–१९ अत्याधिक संक्रमण फैलिएका क्षेत्रबाट जमुनाहा नाका हुँदै नेपालगन्ज प्रबेश गर्ने ब्यक्तिहरुको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीले ज्वरो चेक जाँच गर्ने र शंका लागेमा एन्टिजेन परिक्षण गर्ने गरिएको जमुनाहा हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरन्जीवी ज्ञवालीले बताए ।

एन्टिजेन परिक्षण गर्दा संक्रमण देखिएकाहरुलाई जमुनाहा नाकाबाटै गाडीमा राखेर नेपालगन्जको मनिकापुरस्थित हाइटहाउसको आइसोलेसनमा पठाउने गरिएको बाँकेका प्रहरी उपरिक्षक ओम रानाले बताए ।

नेपालगन्ज उप–महानगरपालिकाले सीमा नाकामा १३ जना स्वास्थ्यकर्मी खटाएर भारतबाट आएका ब्यक्तिहरुलाई ज्वरो चेज जाँच र एन्टिजेन परिक्षण गरी कोरोना भए नभएको एकीन गर्दै आएको छ । बैशाखको पहिलो साता भारतबाट नेपालगन्ज नाका हुँदै दैनिक करिब २ हजारको संख्यामा नेपालीहरु फर्कने गरेकोमा पछिल्ला दिनहरुमा फर्किनेको संख्या घटेर करिब एक हजारदेखि १५ सयमा झरेको छ ।

भारतबाट रेल तथा बसहरु हुँदै एउटै समयमा सयौको संख्यामा नेपालीहरु जमुनाहा रुपैडिया नाकामा आउने गरेका छन । सीमा नाकामा आएका नेपालीहरुको ज्वरो चेक जाँच गर्ने र शंकास्पद ब्यक्तिहरुको एन्टिजेन परिक्षण गर्ने गरिएको छ ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नभएका एन्टिजेन रिपोर्ट नेगेटिभ भएका ब्यक्तिलाई पनि काठमाडौं उपत्यका जानका लागि सम्बन्धित ब्यक्तिको घर या डेरा भएको वडाको सिफारिसमा अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका कोभिड–१९ संक्रमणसँग मिल्दो जुल्दो लक्षण नभएका ब्यक्तिहरुलाई होल्डिङ सेन्टरबाट बस चढाएर सिधै उनीहरुको गन्तब्यमा पुग्ने गरेका छन् । तर, होल्डिङ सेन्टर भने ब्यवस्थित छैन । यात्रुहरुको भिडभाड हुने गरेको छ । होल्डिङ सेन्टरमा यात्रु तानातान हुने गरेको छ ।

होल्डिङ सेन्टरबाट छुट्ने बसमा यात्रुहरुलाई माक्स अनिवार्य गरिएको छ । सवारी साधनको सिटभन्दा बढी संख्यामा यात्रुलाई राख्न नपाउने ब्यवस्था गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ