२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको बेलवारी नगरपालिकाले खोप किन्न संघीय सरकारसँग स्वीकृतिको माग

मोरङको बेलवारी नगरपालिकाले खोप किन्न संघीय सरकारसँग स्वीकृतिको माग


विराटनगर – मोरङको बेलवारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि संघीय सरकारसँग माग गरेको छ। नगरपालिकाले स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग खोप खरीदको लागि स्वीकृति माग गरेको हो ।

नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरिद गर्ने जनाउँदै मन्त्रालयमा पत्रचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए। नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको उनले बताए ।

पहिलो चरणमा १८ वर्षदेखि ४० वर्ष सम्मका ४० हजार दोस्रो चरणमा ४० हजार डोज खोप स्वीकृतिका लागि माग गरिएको नगर प्रमुख सुवेदीले बताए । उनले मन्त्रालयले स्वीकृती दिए लगत्तै प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।

‘नागरिकको ज्यान बचाउन खोप ल्याउने प्रक्रिया थालेका हौ,’ उनले भने, ‘संघीय सरकारले स्वीकृति दिए हामी खोप ल्याउने छौं ।’ खोप खरिदका लागि मन्त्रालयसँग छलफल पनि भइरहेको उनले बताए ।

बेलवारीमा २ सय ५० जना भन्दा बढि कोरोना सक्रमित रहेका छन भने १० जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाको आफनै अक्सिजनसहितको आइसोलेशन पनि बनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ